थप एकमा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ वैशाख २९ गते १४:२४

काठमाडौँ । नेपालमा थप एक जना कोरोना संक्रमित भेटिएका छन् । सप्तरी जिल्लाका एक युवकमा संक्रमण भेटिएको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । आज नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया