सीमा अतिक्रमणबारे संसद्को ध्यानाकर्षण

नेपालखोज २०७७ वैशाख ३० गते १३:४१

काठमाडौँ । भारतले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरी सडक बनाइएको विषयमा संसदले सरकारको विशेष ध्यानाकर्षण गराएको छ।

प्रतिनिधिसभाका मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सीमा विवाद सम्बन्धमा सरकारको ध्यानाकषर्ण गराएका हुन्।

संसदको बजेट अधिवेशन सुरु भएदेखि नै सांसदहरुले कोरोना भाइरस र सीमा विवादमा विषयमा आवाज उठाउँदै आएका छन्।
सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग उनीहरुको छ।

बैठकमा सभामुख साप्कोटाले भने, ‘माननीयज्यूहरुले शून्य समयमा बहुआयामिक विषयमा प्रश्न उठाउनुभएको छ। नेपाल सरकारको विशेष ध्यानाकषर्ण गराउँछु।

प्रतिक्रिया