पर्साका ३९ जना संक्रमित छपकैयाकै वासिन्दा
नेपालखोज
२०७७ वैशाख ३० गते १५:२५
पर्सा । पर्सामा थपिएका सबै ३९ जना संक्रमित नै वीरगन्जको छपकैयाका वासिन्दा रहेको खुलेको छ । उनीहरू वीरगन्ज महानगरको वडा नम्बर १, २ र ३ का वासिन्दा रहेको मेयर विजयकुमार सरावगीले जानकारी दिए ।
छपकैया वस्ती महानगरको यी तीनटा वडामा फैलिएको छ । मंगलबार आज एकैदिन ५७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
यसअघि वीरगन्जस्थित छप्कैयाकै एकै परिवारका १७ जना व्यक्तिमा संक्रमण देखिए पछि ६ सय बढी व्यक्तिको स्वाब परीक्षण गर्न पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा छपकैयाका ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
मेयर सरावगीले संक्रमितहरूको खोजी कार्य सुरू भएको र उनीहरूलाई सिदार्थ माध्यामिक विद्यालयमा रहेको सेमी आइसोलेसनमा राखिने बताए ।
सम्बन्धित
प्रतिक्रिया