सोमबार, असार ९, २०८२

बर्दियामा कोरोना पुष्टि भएकी बालिकालाई अझै आइसोलेशनमा पठाइएन

नेपालखोज २०७७ वैशाख ३० गते १५:४०

बर्दिया । बर्दियाको राजापुर नगरपालिका –५ मा कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई उपचारका लागि अझैसम्म आइसोलेशनमा नपठाइएको पाइएको छ ।

बालिकालाई कोरोना संक्रमण भएको सोमबार हिजो नै पुष्टि भए पनि आजसम्म पनि क्वारेन्टाइनमै राखिएको छ ।

संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने भए पनि बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालमा प्राविधिक तयारी नपुगेको भन्दै अझै क्वारेन्टाइनमा राखिएको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संक्रमित बालिकालाई कोरोना अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया