आइतबार, वैशाख १४, २०८२

गत २४ घन्टामा २ हजार बढीको स्वास्थ्य परिषण, ३४५ जना रेडजोनमा

नेपालखोज २०७७ वैशाख ३० गते १७:३७

काठमाडौं । गत २४ घन्टामा २ हजार २३६ नयाँ परीक्षण भएका छन् भने रेडजोनमा पर्नेको संख्या ३४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता तथा डा.विकास देवकोटाले नमूना परीक्षण र रेडजोनमा पर्नेको संख्या पुष्टि गरेका छन् ।

उनका अनुसार नेपालमा हालसम्म कोरोना परीक्षण ७८ हजार ५९१ वटा नमूना परीक्षण भएका छन् । जसमध्ये पीसीआर १८ हजार ९६४ र आरडीटी ५ढ हजार ६२७ परीक्षण भएका छन् ।

सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ।जसमध्ये प्रदेश १ मा ८ हजार ०६३, प्रदेश २ मा ५ हजार ९३५, बागमती प्रदेशमा ९ हजार ३१६, गण्डकी प्रदेशमा ६ हजार ५१४ प्रदेश ५ मा ७ हजार २२१ र कर्णाली प्रदेशमा ७ हजार ७६३ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ४१५ गरी ५९ हजार ६२७ आरडीटी परीक्षण पुगेको छ।

यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १२ हजार ७८५ जना पुगेको छ। जसमध्ये प्रदेश १ मा ९७४ प्रदेश २ म१ हजार ५३४, बागमतीमा ९०, गण्डकीमा द्दढद्द प्रदेशमा ५ मा ५ हजार ४४२ कर्णालीमा १ हजार ६९९ सुदूरपश्चिम प्रदेशमा २हजार ७५४ पुगेको छ।

आइसोलेसनमा हाल २२८ छन् । जसमध्ये काठमाडौंमा १ र उपत्यकाका बाहिर २२७ जना छन् ।

प्रतिक्रिया