दोलखामा ५.३ म्यानिच्यूडको भूकम्पको धक्का

नेपालखोज २०७७ वैशाख ३१ गते ६:३८

काठमाडौं । मंगलबार राति भूकम्प गएको छ । दोलखा केन्द्रविन्दु भएर राति ११ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ५.३ म्याग्निचूडको भूकम्प गएको हो ।

दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं उपत्यकालगायतका बासीले सामाजिक सञ्चालमा पोस्ट गर्दै भूकम्पको धक्का महसुस गरेको जनाएका छन्।

प्रतिक्रिया