भारतमा रेल चल्यो, नेपालमा त्रास
नेपालखोज
२०७७ वैशाख ३१ गते ७:३२
काठमाडाैं । भारतमा मंगलबारदेखि रेल सेवा सञ्चालनमा आएको छ। ‘रेड जोन’मा नपरेका क्षेत्रमा लकडाउन खुकुलो पारिएको छ। ‘ग्रिन जोन’ क्षेत्रमा त गाडी नै चलाउन थालिएको छ। यससँगै नेपालमा झनै कोरोना भाइरस फैलिने जोखिम देखिएको छ। झापाका सीमावर्ती पाँच स्थानीय तहका बासिन्दाले असुरक्षित महसुस गर्न थालेका छन्।
‘५५ वर्ष सीमामा बिते, कहिले पनि असुरक्षा महसुस भएन। दसगजामा भारतीयलाई नै दाजुभाइ बनाएर जीवन बितायौं। अहिले कोरोनाले गर्दा भारत नै सबैभन्दा ठूलो समस्या भएको छ’, गौरीगन्ज गाउँपालिका–४ का शमशेर गणेश भन्छन्, ‘अब त भारतबाट कोही आए भने कोरोना लिएर आउने हो कि भन्ने लाग्छ। बच्चादेखि बूढाबूढीसम्म त्रसित छौं।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
सम्बन्धित
प्रतिक्रिया