चिनियाँ सेनाले दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
नेपालखोज
२०७७ वैशाख ३१ गते १३:११
काठमाडौं । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्सले नेपाली सेनाका लागि सहयोग बापत दिएको मेडिकल सामग्री नेपाल आइपुगेको छ ।
बुधबार आज विहान चीनको चेङ्दुबाट काठमाडौं आएको चिनियाँ सेनाको विमानले मेडिकल समाग्री ल्याएको हो । मेडिकल समाग्री लिएर आएको चिनियाँ जनमुक्ति सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण गरेको थियो ।
यसमा मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका सामग्री रहेको भन्सार विभागका एक अधिकारीले बताएका छन् ।
यो सामग्री नेपाली सेनाको लागि सहयोगबापत आएका ती अधिकारीले बताएका छन् । कोभिड–१९ विरुद्ध लड्न सेनाले यो सामग्री प्रयोग गर्ने छन् ।
सेनाले कति परिमाणको मेडिकल समाग्री प्राप्त ग¥यो भन्ने खुलाइएको छैन । यसअघि चीन सरकारले नेपाल सरकारलाई पनि मेडिकल सामग्री सहयोग गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया