आज थप दुई जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २१९ पुग्यो
नेपालखोज
२०७७ वैशाख ३१ गते १४:४०
काठमाण्डौं । नेपालमा आज बुधबार मध्याह्नसम्म थप दुई जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।
काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा तथा काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्जका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय १९ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया