नेपाल–भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने सांसदहरुको माग
काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा देशैभरि विरोध भइरहेको अवस्थामा राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरु पनि नेपाल–भारतसीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् ।
सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् ।
सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताए ।
सांसद उदया शर्मा पौडेलले नेपाली भूमि अतिक्रमण गरी भारतले पक्की सडक बनाएको भन्दै सीमा क्षेत्रमा काँडेतार लगाउन यही आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गरेँ ।
त्यस्तै भारत सिमामा अलपत्र नागरिकहरुको बारेमा पनि साँसदहरुले चासो व्यक्त गर्दै उनिहरुलाइृ सुरक्षित तवरले नेपाल भित्राउन माग गरेका छन् ।
सांसद कोमल वली र तारादेवी भट्टले कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया