मेरो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजाउ : प्रवक्ता श्रेष्ठ

नेपालखोज २०७७ वैशाख ३१ गते १६:२४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न आग्रह गरेका छन् ।

आज आफ्नो ट्विटर ह्याण्डलमार्फत् नेता श्रेष्ठले आफूलाई सुरक्षा खतरा महसुस नरहेको भन्दै सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारसँग आग्रह गरेका छन् ।

उनले आफूले खतरा महसुस नगरेको र आफ्नोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया