बिहीबार, असोज २४, २०८१

लुम्बिनी विकास बैंकको खुद नाफा ४३ करोड ७६ लाख रुपैयाँ

नेपालखोज २०७७ वैशाख ३१ गते १७:४३

काठमाडौँ । लुम्बिनी विकास बैंकले ४३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यो नाफा आर्जन गरेको हो । यो नाफा गत वर्षको यहि समयभन्दा १६.५६ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले ३७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चैतसम्म बैंकको वितरण योग्य नाफा १० करोड ३२ लाख रुपैयाँ रहेको छ । लुम्बिनीले खुद ब्याज आम्दानी पनि ७८ करोड ७८ लाख रुपैयाँबाट बढाएर ९० करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।

यस्तै, बैंकले सञ्चालन नाफा पनि ५१ करोड ३० लाख रुपैयाँबाट बढोत्तरी गरेर ६२ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ रहेको यसको रिजर्भ कोषमा १ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ छ । बैंकले रिटेन्ड अर्निङ शीर्षकमा १० करोड ७८ लाख रुपैयाँ छुट्याएको छ ।

बैंक खराब कर्जा पनि घटाउन सफल भएको छ । गत वर्ष २.१३ प्रतिशत रहेको यसको खराब कर्जा यो त्रैमासमा घटाएर १.६०प्रतिशत मा सीमित गरेको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ७२ पैसा छ ।

प्रतिक्रिया