बिहीबार, चैत १५, २०८०

यस्तो छ स्टान्डर्ड चार्टर्ड बैंकको वितरण योग्य नाफा

नेपालखोज २०७७ वैशाख ३१ गते १७:५३

काठमाडौँ । स्टान्डर्ड चार्टर्ड बैंकको तेस्रो त्रैमाससम्म आइपुग्दा वितरण योग्य नाफा बढेको छ । बैंकको वितरण योग्य नाफा १८.६५५ ले बढेर १ अर्ब ३१ करोड ३१ लख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष चार्टर्डको वितरण योग्य नाफा १ अर्ब १० करोड ६६ लाख ४९ हजार रुपैयाँ रहेको थियो । यता, खुद नाफा पनि ३.९२ प्रतिशतले बढेर १ अर्ब ८० करोड २५ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष बैंकले १ अर्ब ७३ करोड ४४ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ९.३४ प्रतिशत र ३.९२ प्रतिशतले बढेको छ । चार्टर्डको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ १३ पैसाले बढेर ३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया