बिहीबार, माघ १०, २०८१

सन्राइज बैंकको साधारण सभा सम्पन्न

नेपालखोज २०७७ पुष २५ गते ९:५७

काठमाडौं । सन्राइज बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही पुस २४ गते शुुक्रबार बैंक संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा बार्षिक सभा सम्पन्न भएको हो ।

Advertisement

साधारण सभाले बैंकको चुक्ता पूँजीको पाँच दसमलव ८० प्रतिशतका दरले हुने ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ बराबरको बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, चुक्ता पूँजीको दुुई दसमलव ४८ प्रतिशतका दरले हुने नगद लाभांश २२ करोड २४ लाख एक हजार सात सय २३ रुपैयाँ बराबरको बोनस सेयरमा लाग्ने करको लागि नगद लाभांस वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिष्ठित व्यावसायिक घरानाहरु,संस्थापक तथा कुशल व्यवस्थापक रहेको यस बंैक मिति २०६४ साल आश्विन २५ मा स्थापना भएको थियो । बैंकको हाल चुक्ता पूँजी आठ अर्ब ९६ करोड रहेको छ । बैंकको साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार चार सय ९९ रुपैयाँ कायम हुन गएको छ ।

बैकले हाल १३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।

प्रतिक्रिया