बिहिबार बिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो

नेपालखोज २०७७ जेठ १ गते ८:३४

काठमाडौ । नेपालमा बिहिबार बिहानै ७ जना कोरोना संक्रमित थपिएसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५० पुगेको छ ।

सर्लाही, धनुषा, महोत्तरी, कपिलबस्तुमा र काठमाडौं गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

आजै बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तुकी ६ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण गरिएको हो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया