नवलपरासीका एक जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २४६ पुग्यो
नेपालखोज
२०७७ जेठ १ गते १२:५५
नवलपरासी । नवलपरासीमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुष रहेका छन् ।
उनको भरतपुरस्थित कोभिड ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । उनी स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको अधिकारीले बताए ।
सम्बन्धित
प्रतिक्रिया