काठमाडौंका १० हजारको कोरोना परिक्षण गर्ने सरकारको तयारी

नेपालखोज २०७७ जेठ १ गते १४:४८

काठमाडौं । सरकारले काठमाडौंमा आज बाट कोरोना परीक्षणलाई तीव्रता दिनेभएको छ । राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षणको तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो दिन कालीमाटी तरकारी बजारमा रहेका तरकारी व्यापारीको नमूना संकलन गरेर परीक्षण गर्ने मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्र दश हजार जनाको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैलाई लाइनमा राखेर पहिलो व्यक्तिको पीसीआर परीक्षण हुनेछ भने त्यसपछिका दुईजनाको आरडीटी परीक्षण हुनेछ ।

चौथो व्यक्तिको फेरि पीसीआर परीक्षण हुनेछ । कोरोना परीक्षणमा कसैलाई पोजेटिभ देखिएमा उसको कन्ट्याक ट्रेसिङ गरेर पीसीआर गर्ने बताइएको छ ।

प्रतिक्रिया