कोरोना – सरकारका नाममा सर्वोच्चको आदेश : परीक्षणको दायरा बढाउ
नेपालखोज
२०७७ जेठ १ गते १५:०६
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रणकालागि सरकारका नाममा सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सर्वोच्चले आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको हो।
आज न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो ।
रिट अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेका थिए ।
कोभिड १९ सँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन भनेको छ ।
सम्बन्धित

प्रतिक्रिया