अलपत्रको उद्दार गरियोस : कांग्रेस
टंककला तिमिल्सेना,
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सीमामा अलपत्र नागरिकको तत्काल उद्दार गर्न आग्रह रहेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज ट्विटरमार्फत सरकारसँग यस्तो आग्रह गरेका हुन् । ट्विटमा भारतबाट आउने नेपालीलाई व्यवस्थित प्रवेश गराएर क्वारेन्टाइनमा कडाइ र अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरिएको छ ।
ट्विटमा भनिएको छ, नेपाल भारत सीमामा रहेका सबै नेपालीलाई व्यवस्थित रुपमा स्वदेश प्रवेश गराउन सरकारलाई आग्रह गर्छौँ। भारतबाट स्वदेश भित्रिरहेका नेपालीलाई व्यवस्थित रूपमा प्रवेश गराएर अनिवार्य स्वास्थ्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन कांग्रेसले सरकारलाई आग्रह गरेको हो।
‘भारत सरकारले सीमामा ल्याएका, ल्याइरहेका नेपालीलाई व्यवस्थित प्रवेश, क्वारेन्टाइनमा कडाइ र अनिवार्य परीक्षणपछि मात्रै घर जाने प्रबन्ध मिलाउन देशले तीव्रता तर बुद्धिमत्तासाथ कार्य गर्न जरुरी छ’, शर्माले ट्विटरमा लेखेका छन्।
यस्तै शर्माले भारतबाट आइरहेका नेपालीका लागि सरकारले आवश्यक रकम पठाउनुपर्ने छन्। ‘केन्द्र सरकार पैसा पठाऊ, प्रदेशले यातायात प्रबन्ध र स्थानीयले क्वारेन्टाइन व्यवस्थित गर’, शर्माले भनेका छन्।
सरकारले लकडाउन गर्दा भारतबाट फर्किनेहरु सीमामै अलपत्र परेका छन् भने कतिपय लुकिछिपी नेपाल प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम बढिरहेको छ।
पछिल्लो समय तराइका जिल्लामा भेटिएका अधिकांश कोरोना संक्रमितहरु लकडाउनको बेला भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका तथा उनीहरुबाट सरेकाहरु अत्यधिक छन्।

प्रतिक्रिया