मानव जातिले कोरोना माथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउ छ : प्रचण्ड

नेपालखोज २०७७ जेठ १ गते १६:०२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव जातिले कोरोना भाइरस माथि विजय प्राप्त गरेर नयाँ विश्व व्यवस्था जन्माउने बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ५ दिने भर्चुअल आइसिटी टिओटी विषयको प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले कोरोनाको संक्रमण नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

उनले अहिलेको संकटको समयमा नेपालमा पनि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको औंल्याए ।

यस्तै, कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले कोरोनाको महामारीका बीच राष्ट्रियताको विषय पेचिलो भएर आएको र यसको हल गर्नुपर्ने बताए ।

प्रतिक्रिया