विदेश र जिल्लाबाट आएकालाई घरमा प्रवेश दिए घरलाई शिल गरिने चेतावनी
नेपालखोज
२०७७ जेठ १ गते १६:२५
ललितपुर । ललितपुर महानगरपालिका–६ ले घरधनीहरुलाई विदेशबाट फर्किका र बाहिर जिल्लाबाट आएकालाई घरमा प्रवेश नदिन निर्देशन जारी गरेको छ ।
वडाअध्यक्ष हिटलर शाक्यले सूचना जारी गर्दै घरधनीहरुलाई कोठा भाडामा लिएर विदेश वा जिल्ला बाहिरबाट आएकालाई अर्को सूचना जारी नभएसम्म घरमा बस्न नदिन उर्दी जारी गरेका छन् ।
काठमाडौँ उपत्यकाभित्रै कोरोनाको संक्रमण देखिएको भन्दै वडाअध्यक्ष शाक्यले अहिले बसिरहेकाहरुलाई मात्र बस्न दिन र बाहिर भएकालाई फोन गरेर नआउन भन्न घरभेटीहरुलाई निर्देशन दिए ।
यदि कसैले जिल्ला र विदेशबाट आएका व्यक्तिलाई प्रवेश दिएमा त्यस्ता घरलाई शिल गरिने चेतावनी दिए ।
सम्बन्धित
प्रतिक्रिया