आइतबार, जेठ ६, २०८१

सीमा सुरक्षामा प्रभावकारी कदम चाल्न माग

नेपालखोज २०७७ जेठ १ गते १७:४६

कास्की । क्षत्री समाज नेपालले अतिक्रमित जग्गाका बारेमा कूटनीतिक पहल थाल्न र सीमा सुरक्षामा प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष डा दिलबहादुर क्षेत्रीले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई आज ज्ञापनपत्र दिँदै सरकारबाट प्रभावकारी रुपमा कूटनीतिक पहल नभए कोरोना नियन्त्रणपछि संस्था देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिए ।

प्रतिक्रिया