९ कोरोना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुग्यो

नेपालखोज २०७७ जेठ २ गते ९:३१

काठमाडौं । आज (शुक्रबार) नेपालमा ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका हुन्। आज ९ जना कोरोना संक्रमित भेटिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । बाँकेमा भेटिएका नयाँ कोरोना संक्रमित भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् । यसैगरी मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको हो।

प्रतिक्रिया