वातावरण संरक्षण परियोजनाले लकडाउको बेलामा पनि सञ्चालन गदै आएका कार्यक्रमलाई अगडि बढाउने
मन्थली । संघिय विकास सहायता तथा विकास मन्त्रालय जर्मनी (BMZ) र तेरे दे जोम्स जर्मनी (tdh Germany) को आर्थिक सहयोग र सामुदायिक विकास समाज, श्रृजनशील युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रमको संयुक्त साझेदारितामा मन्थली नगरपालिका (वडा नं.१ देखि ६) र रामेछाप नगरपालीकाको (वडा नं. ७ देखि ९) वडाहरुमा वातावरण संरक्षण परियोजनाले सञ्चालन गदै आएका कार्यक्रमलाई अगडि बढाउने भएको छ ।
स्थानिय र वडा बाट छनोट गरिएका कृषि वनको प्रवर्धन, पानीको स्रोत संरक्षण,माछा पोखरी,पोखरी, गोठ सुधार,सिचांई, सिमसारहरुको संरक्षण र भूक्षय रोकथाम जस्ता निमार्ण कार्यलाई अगाडि बढाउन कोरोना भाइरसको जोखिमलाई ध्यान दिदै स्थानिय जनशक्तिलाई सुरक्षित तवरले विकास निमार्णमा लाग्न र छनोट भएका योजना प्राविधिक सल्लाह बमोजिम समपन्न गर्न र थप जानकारिका लागि कार्यक्रम व्यवस्थापक मिलन कुमार घिसिङ ९८५४०४३२६५ लव क्षेष्ठ ९८५१०४९३६९, रोशन पाख्ररीन९८४४०६६३६७, लाई सम्पर्क राखि हाललाइ सम्भव काम अघि बढाउन सकिने कुरा परियोजनाका वातावरण तथा मिडिया संयोजक माधब ढकालले जानकारि दिए ।

लकडाउनको समयमा परियोजनाद्धारा लकडाउनको परिपालना, शान्ति सुरक्षा, मानविय सहायता लगायत कोरोना भाइरस विरुद्धको लडाईमा अग्रमोर्चामा अहोरात्र खट्नु हुने सुरक्षाकर्मी (जनपथ प्रहरी, शशस्त्र प्रहरी, ट्राफिक प्रहरी) र जिल्ला प्रशासन कार्यलय र कारागरका कैदीबन्दी लगायतलाई सर्जिकल माक्स, सेनिटाईजर, थ्रमल गन जस्ता सामग्री वितरण गरेको बिषयमा कार्यक्रम व्यवस्थापक मिलन कुमार घिसिङ जानकारि दिए ।

प्रतिक्रिया