मंगलबार, असार १०, २०८२

पूर्व राजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंतिर

नेपालखोज २०७७ जेठ २ गते १३:१८

काठमाडौँ । लकडाउनका कारण झापाको दमकमा रोकिएका पूर्वराज परिवारलाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति दिएको छ । हिजो जिल्ला प्रशासन कार्यालय झापाले अनुमति दिए पनि गृहले अस्वीकार गरेको थियो ।

लगत्तै सामाजिक सञ्जालमा टीकाटिप्पणी हुन थालेपछि गृहले पुनः स्वीकृति दिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामागरले बताए ।

फागुनको अन्त्यतिर भारतको सिक्किम र दार्जिलिङको भ्रमणमा निस्किनु भएका पूर्व राज परिवार चैत ११ बाट घोषित लकडाउनका कारण झापामा रोकिएको हो । पूर्व राजपरिवारका सदस्य झापाको दमकमा बसिरहेका थिए । दमकमै राज परिवारको स्वामित्वमा हिमालय महालक्ष्मी चिया बगान रहेको छ ।
प्रशासनले स्वीकृति दिएसंग आज बिहान पूर्व राज परिवार काठमाडौँका लागि हिँडेको प्रमुख जिल्ला अधिकारी राना मगरले बताए ।

प्रतिक्रिया