गृहले आजदेखि जिल्लाभित्रका सम्पूर्ण सवारी पास रद्द गर्यो
मीरा साउँद,
काठमाडौं । सरकारले आजदेखि जिल्लाभित्रका लागि जारी गरिएका सम्पूर्ण सवारी पास गद्द गरेको छ ।कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न सरकारले गत चैत्र ११ गतेदेखि देशैभर लक डाउनको घोषणा गर्यो ।
लकडाउनका वाबजुत दिन प्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सरकारले अब लकडाउन थप कडा पार्ने रणनीति अपनाउने भएको छ ।
यसअघि गृहमन्त्री, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिहरुको संयुक्त बैठकमा लकडाउनलाई कडाइ गर्ने निष्कर्ष निकालिएको थियो । सोहि आधारमा अब जिल्लाभित्र सवारी साधन सन्चालन गर्न जारी गरिएका सबै प्रकारका पासहरु आजबाट रद्द गरिएको छ ।
गृहमन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास जेठ १ गतेदेखि नै रद्द गरिएको जनाएको थियो ।
तर, फेरि हिजो अर्को सूचना जारी गर्दै जेठ ३ अर्थात आजदेखि जिल्ला भित्रका सम्पूर्ण सवारी पास रद्द गरिएको जनाएको छ ।
अबदेखि अति आवश्यक काम परेर सवारी पास चाहिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कारणसहित निवेदन पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया