आइतबार, जेठ ६, २०८१

व्यक्तिगत रुपमा पिपिई सहयोग गर्दै समाजसेवी भण्डारी

नेपालखोज २०७७ जेठ ३ गते ११:२५

काठमाडौ । कोरोना संक्रमणका कारण विश्वव्यापी रुपमा महामारी फैलिरहेको बेला नेपालमा पनि त्यसले त्रासको वातावरण बनाईरहेको छ । हालसम्म नेपालमा २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । यो अवस्थामा संकटमा परेका नागरिक, अग्रपंक्तिमा बसेर जनता हितका लागि काम गरिरहेको पेशाकर्मीहरुलाई नेपाली कांग्रेसकी नेतृ समेत रहेकी समाजसेवी भद्रा भण्डारील्े मास्क, पिपिई तथा वितरण गर्दै आईरहेकी छिन् ।

अहिले मानवको औचित्यमाथि नै प्र्रश्न उठिरहेको बेला समाजसेवालाई आफ्नो धर्म ठान्दै लामो समयदेखि समाजसेवा सक्रिय भण्डारीले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आईरहेका व्यक्तिहरुलार्य जोखिमका बाबजुत खाद्यान्न समेत वितरण गर्दै आईरहेकी छिन् ।

स्थानीय सरकारले राहत वितरण गरिरहेको भएपनि कतिपयले सो राहत पाउनबाट बञ्चित बनिरहेका बेला भण्डारीले त्यस्ता राहत पाउनबाट बञ्चित भएका नागरिकहरुलाई भोकै हुनबाट बचाउनका लागि विभिन्न संघसंस्थाहरु मार्फत भण्डारीले सहयोग वितरण गर्दै आईरहेकी हुन् ।

समाजसेबी भण्डारीले फ्रन्ट्लाइनमा काम गर्नेहरुलाई सुरक्षा सामाग्री बितरण लाइ प्रथामिकता दिएकी छिन । खासगरी सैयौ पिपिइ उनको हात बाट बितरण भैरहेको छ।काठमाडौमा यसरी पिपिइ बितरण गर्ने उनी सम्भवत पहिलो महिला अधिकारकर्मी हुन् ।सो अभियानलाइ युबा ब्यबसायी कुमार भण्डारीले पनि भण्डारी लार्इ सहयोग पु¥याईरहेका छन् ।
पुर्याइ रहेका छन।

प्रतिक्रिया