कपिलबस्तुका थप तीन जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित २७६

नेपालखोज २०७७ जेठ ३ गते १२:२८

कपिलबस्तु । कपिलबस्तुमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् ।

संक्रमण देखिनेमा कपिलबस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ । यसअघि आज विहान बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनमा ६ संक्रमित थपिएका थिए ।

बर्दिया नार्खु ११ की २८ वर्षिय महिला, सिरहा सखुवा १९ का ३० वर्षिय पुरुष, पर्सा वीरगञ्ज १२ का २८ र २९ वर्षका दुई पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षिया महिला, चितवन गढौली १ निवासी २५ वर्षिय महिलामा संक्रमण पुष्टि भएको थियो ।

यो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । सर्लाहीमा संक्रमित देखिएसँगै प्रदेश २ का सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिक्रिया