संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने
नेपालखोज
२०७७ जेठ ४ गते ७:२१
वीरगञ्ज । स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा क्वारेन्टाइनका शंकास्पद व्यक्ति भागे प्रहरीले पहिला ‘सामान्य बल’ प्रयोग गर्नेछन् ।
त्यति हुँदा पनि नियन्त्रणमा नआए गोलीसमेत चलाउन सक्ने निर्णय गरिएको उनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
सम्बन्धित
प्रतिक्रिया