उद्योगीप्रति सरकार वेमतलवी

नेपालखोज २०७७ जेठ ४ गते १५:१२

टंककला तिमिल्सेना,

काठमाडौँ । नेपाली कांग्रेसका नेता भरतकुमार शाहले सरकारले ल्याएको नीति तथा कार्यक्रम निराश लाग्दो भएको बताएका छन् । सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आईतबार संसद बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले अहिले उद्योगीहरु धेरै मर्कामा परेको भएपनि सरकारले त्यस तर्फ खास ध्यान नदिएको आरोप लगाए । उनले नीति तथा कार्यक्रमले मजदुर,कृषक कोहि लाभान्वित नभएको भन्दै जसलाई केन्द्रविन्दुमा राखेर कार्यक्रम ल्याउनु पर्ने हो त्यो नभएको बताए । शाहले अहिलेको आवश्यकता १० वर्षिय योजना जस्तो नभइ फास्ट रोड अनुसारको हुनुपर्ने बताए ।

यस्तै उनले कोरोना प्रभावित जनताको कुरातर्फ जोड दिँदै विदेशमा अलपत्र रहेका नेपालीको उद्दारकालागि र सहयोगकालागि सरकारले कुनै योजना नबनाएको बताए । उनले किसानहरुकालागि समेत यस्तो बेलामा सहुलियतका कुनै ठोस योजना नल्याएर सरकारले कार्यक्रम सार्वजनिकको औपचारिकता मात्र निभाको बताए । उनले समग्रमा नीति तथा कार्यक्रमले वास्तविक समस्यामा परेकालागि कुनै सहयोग नगर्ने बताए ।

प्रतिक्रिया