समस्यामा रहेका नेपालीको उद्दारकालागि प्रस्ताव
काठमाडौँ । सरकारले कोरोना भाइरसका कारण लकडाउन हुँदा समस्यामा परेकाहरुको उद्दारको तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा उद्दारबारे छलफल भएको हो । समितिका एक सदस्यले दिएको जानकारी अनुसार भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने बारे सकारात्मक छलफल भएको छ ।
‘यूएई लगायतका देशले ‘आफ्नो नागरिक लैजाऊ’ भनेर दबाव समेत दिइरहेका बेला यसबारे गृहकार्य भएको समिति सदस्यले बताए । हुँनत यसअघि पनि विदेशमा रहेका नेपालीहरुको उद्दारबारे छलफल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।
प्रधानमन्त्री सहमत भए आवश्यक तयारी गरेर आफ्ना नागरिकको उद्दार गर्ने समितिको तयारी छ ।
उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन स्थलमार्ग अर्थात भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ ।
प्रतिक्रिया