सरकारले राष्ट्र«हित विपरित काम नगरोस : रावल

नेपालखोज २०७७ जेठ ५ गते १४:००

टंककला तिमिल्सेना,
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भिम रावलले सरकारले ल्याएको नीति तथा कार्यक्रमले श्रमजिवी जनतालाई नछोएकोे टिप्पणी गरेका छन् । संसदमा सोमबार नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिलेको आवश्यकता अनुसार श्रमजिवी जनतालाई जुनरुपमा हेर्नु पर्ने हो त्यो अनुसार प्रतिबिम्बित भएन ।’

यस्तै, उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई सरकारले ध्यानपूर्वक हेर्नु पर्ने बताए । उनले कुनैपनि हालतमा सरकारले आफ्नो अस्तित्व, अखण्डता, स्वाधिनताको रक्षा गर्नु पर्ने बताए ।

नीति तथा कार्यक्रममा घुमाउँरो रुपले एमसीसीको कुरा समेटिएकाले राष्ट्र«हित विपरित हुने कुनै काम नगर्न पनि उनले आग्रह गरे ।
नेता रावलले भने, ‘नीति तथा कार्यक्रममा धेरै अस्पष्ट र जटिल कुरा छन् । यस्तो विषम परिस्थितिमा अस्पष्ट कुरा नल्याउँ । ’

प्रतिक्रिया