शशांकको स्मृतिमा सुशील ! खै कूटनीतिक पहल ?
टंककला तिमिल्सेना,
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद शशांक कोइरालाले नेपालको अतिक्रमित भूमिको विषय नीति तथा कार्यक्रममा समेटिनु सकारात्मक भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद कोइरालाले भने,‘लिम्पियाधुरा, लिपुलेक र कालानपानीलगायत नेपाली भूमिको अतिक्रमणबारे नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक हो ।’
उनले अतिक्रमित भूमिबारे उच्चस्तरमा परिणाममुखी वार्ताको आवश्यकता रहको समेत औल्याए । उनले भने,‘ विषयलाई नीति तथा कार्यक्रममा समेट्ने मात्र होईन उच्चस्तरमा सार्थक र परिणाममुखी वार्ता गरेर समास्या सामाधान गर्नका लागि आग्रह गर्दछु।’
महामन्त्री कोइरालाले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला पोस्टेट नोट पठाएर कूटनीतिक पहल थालेको समेत स्मरण गरे। उनले अहिले सरकारले अतिक्रमित भूमिबारे कूटनीतिक पहल परिणममुखि नबनाएको आरोप लगाए ।
यस्तै, उनले सरकारले नीति तथा कार्यक्रम समयको आवश्यकता अनुसार परिमार्जित नगरेको बताए । कोरोनाका कारण लकडाउनमा परेर समस्या खेपी रहेका नागरिकको तत्काल उद्दार र पुनस्स्थापनाकालागि सरकारको नीति तथा कार्यक्रमले नसमेटेको टिप्पणी उनको छ ।

प्रतिक्रिया