आज एकैदिन प्रदेश २ मा २१६ जनाको स्वाब संकलन
नेपालखोज
२०७७ जेठ ५ गते १६:२९
काठमाडौं । प्रदेश २ मा सोमबार मात्र २१६ जनाको स्वाब संकलन गरिएको छ ।
प्रदेश २ का सामाजिक सुरक्षा मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आजको प्रेस बिफिङमा यसबारे जानकारी दिएका हुन् ।
उनका अनुसार अहिले बाराका निजगढ र कलैयामा ३५ जनाको नमुना संकलन गरिएको छ ।
प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक सय ३१ जना रहेको पनि उनले जानकारी दिए । उनले भने, “नमुना संकलन गरे अझै १४ सय ३८ जनाको नमुना संकलन भइसके पनि रिपोर्ट आउन भने बाँकी छ ।”
सम्बन्धित
प्रतिक्रिया