आइतबार, जेठ ६, २०८१

वडा सदस्य पाठकको निधन

नेपालखोज २०७७ जेठ ५ गते १६:३२

भरतपुुर । भरतपुुर महानगरपालिका–४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ । पाठक लामो समयदेखि आन्द्राको समस्याबाट ग्रसित थिए ।

सन्ताउन्न वर्षीय पाठकको आज दिउँसो उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । उनी विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका–४ मा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित थिए।

प्रतिक्रिया