नदीमा डुबेर बालिका बेपत्ता

नेपालखोज २०७७ जेठ ५ गते १६:३७

काठमाडौं । भेरी नदीमा पानी लिन जाँदा डुबेर आइतबार साँझ एक बालिका बेपत्ता भएकी छिन् ।

बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका प्रेम विककी १० वर्षीया छोरी लक्ष्मी विक रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

स्थानीयवासीका अनुसार गाउँको धारामा खानेपानी नआएकाले उनी नदीमा पानी लिन गएकी थिइन्। बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया