आजको मन्त्रिपरिषद् बैठकको मुद्दा विदेशमा रहेका नेपाली

नेपालखोज २०७७ जेठ ५ गते १८:३२

काठमाडौँ । अहिले केहि बेरमा मन्त्रिपरिषद बैठक बस्दै छ । विदेशमा अलपत्र परेका नेपालीहरुलाई फिर्ता ल्याउने वा अन्य केही व्यवस्था गर्ने विषयमा निर्णय लिन अहिले मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ६ बजेदेखि मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ।

बैठकमा कोरोनाको व्यवस्थापन र विदेशमा रहेका नेपालीका बारेमा निर्णय लिइने एक मन्त्रीले जनाए।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ २० गतेसम्म बढाउने निर्णय गरेको थियो। विदेशमा रहेका नेपालीहरुको विषयमा पनि छलफल भएपनि निर्णय भने भएको थिएन।

प्रतिक्रिया