शुक्रबार, वैशाख १४, २०८१

बलिउड क्षेत्रमा बज्रपात, एकै दिन गुमायो दुई हस्ती

नेपालखोज २०७७ जेठ ५ गते १८:४६

एजेन्सी । यतिबेला विश्व नै कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको अवस्था छ । यहि समयमा बलिउड क्षेत्रका हस्तीहरुको निधनका खबर पनि आइरहेका छन् ।

भर्खरै मात्र बलिउडले दुई हस्ती कलाकार इरफान खान र ऋषि कपुर गुमाएको दुखद क्षण बिर्सन नपाउँदै फेरि एकैदिनमा दुई जना कलाकार गुमाउनु परेको छ ।

भारतीय अभिनेता सचिन कुमारको हृदयघातका कारण शुक्रबार निधन भएको थियो । टिभी सिरियल ‘कहानी घर घर की’ बाट चर्चामा आएका उनी पछिल्लो समय अभिनय छोडेर फोटोग्राफी तिर लागेका थिए ।

टिभी अभिनेता राकेश पलले सचिनको अचानक मृत्युप्रति फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । टाइम्स अफ इन्डियासँगको कुराकानीमा राकेश पलले भने, ‘उनको मृत्युको खबर पाउँदा सचिनको अन्तिम संस्कार भइसकेको रहेछ ।

‘मैले थाहा पाएअनुसार उनी सुत्न भनी गएका थिए तर उनले भोलिपल्ट बिहान ढोका खोलेनन् । उनका आमाबुवा आत्तिएर आफूसँग भएको साँचोले ढोका खोल्दा उनको मृत्यु भइसकेको देखे ।

उनी आफ्नो आमा–बुवासँगै बस्दथे । उनको मृत्यु सायद अबेर राती वा बिहान सबेरै भएको हुनुपर्छ ।’ सचिन नायक अक्षय कुमारका मामाको छोरा हुन् ।

त्यस्तै, भारतका टीभी कलाकार मनमीत ग्रेवालले आत्महत्या गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
भारतमा जारी लकडाउनको समयमा बेरोजगारी र ऋणका कारण संघर्ष गरिरहेका ग्रेवालले शुक्रवार आत्महत्या गरेको समाचामा उल्लेख छ ।

उनका साथी मनजितले द टाइम्स अफ इन्डियासँग कुरा गर्दै आफूहरू परिवार जस्तो भएको र मनमीतसँग आफुले बिहीवार साँझ कुरा गरेका बताए ।

प्रतिक्रिया