बुधबार, चैत ५, २०८१

बलिउड अभिनेत्री प्रियका बाढी पीडितको सहयोगमा

नेपालखोज २०७७ साउन १५ गते १०:१३

एजेन्सी । केही दिन यताको सक्रिय मनसुनसँगै अहिले भारतको आसाम र बिहार डुवानमा परेको छ । उनीहरुलाई सहयोगको खाँचो छ । बाढीपीडितहरुको उद्धारपछि यतीबेला उनीहरुलाई राहतको लागि बलिउड अभिनेत्री प्रियका चोपडा जुटेकी छिन् ।

Advertisement

आफ्ना पति निक जोनसका साथ अभिनेत्री प्रियकाले दुई दिन अघि आसामका बाढी पीडितलाई सहयोग गरेकी थिइनु । यतीबेला आफ्ना पति जोनसकासाथ यी अभिनेत्रीले बिहारका बाढीपीडितहरुका लागि सहयोग प्रदान गरिरहेकी छिन् ।

अहिले बाढीका कारण बिहारको ११ जिल्लाका २५ लाख मानिसहरु पीडित बनेका छन् । बाढीमा बगेर अहिले ८ जनाको मृत्यु भएको छ । बाढी पीडितहरुका लागि बस्न आबस्यक त्रिपाल सहितको बन्दोबस्तीको सामग्री, खानेकुरा, सफा पनि, औषधी जस्ता विभिन्न सामग्रीहरु अभिनेत्री प्रियका चोपडाले प्रदान गरेकी छिन् ।

यसैक्रममा प्रियकाले आफ्नो ट्विटमा अकाउन्टमा लेखेकी छिन्, ‘भारतमा मनसुनका कारण देशको विभिन्न स्थानमा बाढीले ताण्डब मच्चाएको छ भने बिहारका विभिन्न स्थान त पूर्ण रुपमा बाढीमय भएको छ । त्यहाँ लाखौं मानिसहरु बिस्तापित भएका छन भने उनीहरु अहिले प्रकोपसँग जुधिरहेका छन् ।’ उनले अगाडि लेखेकी छिन्, ‘बाढीपीडितहरुका लागि हरेक क्षेत्रबाट अहिले मद्धतको आबस्यक छ ।’

प्रतिक्रिया