कोरोना : कुन जिल्लामा संक्रमित कति ?

नेपालखोज २०७७ जेठ ५ गते १८:५४

नेपाल खोज डेस्क,

काठमाडौँ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या यो सामाग्री तयार पार्दासम्म ३५७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार अहिलेसम्म ३१ जिल्लामा संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४० जना, २ मा १३२ जना , वागमतीमा १ मृत्युसहित १८ जना, गण्डकीमा ३ जना, प्रदेश ५ मा १ मृत्युसहित १५९ जना र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित भएका छन्। कुल संक्रमित ३५७ मध्ये पुरुषको संख्या २९८ पुरुष छन् भने ५९ जना महिला छन्।

३६ जना उपचारपछि घर फर्किएका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय युवक छन्।

जिल्ला अनुसार यस्तो छ संक्रमितको विवरण,

बाँकेमा ८१ जना

कपिलवस्तुमा ४२ जना

पर्सामा ९१ जना

उदयपुरमा ३३ जना

रुपन्देहीमा २८ जना

रौतहटमा २२ जना

काठमाडौँमा ७ जना

धनुषामा ७ जना

कैलालीमा ४ जना,

बारामा ४ जना

चितवनमा ३ जना,

महोत्तरी ३० जना,

सर्लाहीमा ३ जना
दाङमा ४ जना

बाग्लुङमा २ जना
झापामा २ जना

बर्दियामा २ जना,

धादिङमा ३ जना ,

मोरङमा ३ जना

भक्तपुरमा २ जना

कञ्चनपुरमा १ जना

सिरहामा १ जना

भोजपुरमा १ जना

सप्तरीमा १ जना

सिन्धुपाल्चोकमा १ जना

मकवानपुरमा १ जना

नवलपरासी पश्चिममा १ जना

नवलपरासी पूर्वमा १ जना

काभ्रेमा १ जना

धनुकटामा १ जना

गुल्मीमा १ जना

प्रतिक्रिया