प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुग्यो

नेपालखोज २०७७ जेठ ६ गते १३:५१

वीरगञ्ज । प्रदेश नं २ का आठवटै जिल्लामा सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा जारी कोरोनासम्बन्धी तथ्याङ्कमा गत आइतबारसम्म यो सङ्ख्या १२२ रहेको थियो । सोमबार नौ नयाँ सङ्क्रमित भेटिएपछि यसको सङ्ख्या १३१ पुगेको छ ।

लकडाउनलाई थप कडाइ बनाउन चिकित्सकले सुझाव दिएका छन् । यस प्रदेशमा पहिलोपटक गत चैत २९ गते वीरगञ्जमा तीन जनामा सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया