कृषकलाई ब्याजमा अनुदान दिँदै प्रदेश २ सरकार
नेपालखोज
२०७७ जेठ ६ गते १३:५६
पर्सा । प्रदेश २ सरकारले आठवटै जिल्लामा किसानलाई ब्याजमा अनुदान दिने भएको छ ।
कृषि तथा पशुपालन व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण जारी रहेको लकडाउनका कारण तिर्न नसकेपछि चैतदेखि असारसम्मको ब्याजमा अनुदान दिन लागेको हो ।
सो ऋणको ब्याजमा चैत, वैशाख ,जेठ र असार गरी चार महिनाको लाग्ने ब्याजमा अनुदान दिने निर्णय गरेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए ।
पर्सा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष रु ४५ करोड ५० लाख मूल्य बराबरको १३ हजार मेट्रिक टन गहुँ बढी उत्पादन भएको केन्द्रले जनाएको छ ।
किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरी प्रतिहेक्टर तीन दशमलव एक मेट्रिक टन अर्थात ८० हजार १०० मेट्रिक टन गहुँ उत्पादन गरेको छन् । अहिले बजारमा प्रतिकेजी रु ३५ का दरले गहुँ बिक्री हुँदै आएको छ ।
सम्बन्धित

प्रतिक्रिया