मंगलबार, असार १७, २०८२

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

नेपालखोज २०७७ जेठ ६ गते १५:१४

लम्की । माछा मार्ने क्रममा करेन्ट लाग्दा कैलालीमा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति कैलालीको जानकी गाउँपालिका–१ भुर्साका २१ वर्षीय प्रकाश चौधरीको कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसंँगै माछा मार्न गएका स्थानीयवासी २५ वर्षीय हरि चौधरी, २० वर्षीय निराजन चौधरी, २५ वर्षीय देव चौधरी र २२ वर्षीय दीपेश चौधरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया