नीति तथा कार्यक्रम बहुमतले पारित
नेपालखोज
२०७७ जेठ ६ गते १५:३१
टंककला तिमिल्सेना,
काठमाडौँ । सरकारले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रम २०७७ ७८ संसदबाट पारित भएको छ । सरकारको यस कार्यक्रम माथि परेका सबै संसोधन अस्विकृत भई कार्यक्रम पारित भएको हो ।
मंगलबार बसेको राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकबाट सबै संसोधन प्रस्ताव अस्विकृत भई कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रम माथि सांसद मिलेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण, सरिता गिरी, प्रेम सुवाल र दुर्गा पौडेलले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
यस्तै, राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संयुक्त रूपमा १७ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
सम्बन्धित

प्रतिक्रिया