बुधबार, वैशाख २६, २०८१

वाग्मतीको बजेट अधिवेशन जेठ १२ गते

नेपालखोज २०७७ जेठ ६ गते १७:५१

काठमाडौं । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वाग्मती प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन यही जेठ १२ गते सोमबार दिनको २ बजे बजेट अधिवेशन आह्वान गरेका छन् ।

वाग्मती प्रदेश सरकारबाट प्रदेशसभाको बजेट अधिवेशनका लागि आज सिफारिस आएपछि प्रदेश प्रमुख प्रसाईंले संविधानअनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया