१ सय ९० भन्दा बढी पत्रकारहरुको पीसीआर परीक्षण हुँदै

नेपालखोज २०७७ जेठ ६ गते १८:४६

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेसँगै फ्रन्ट लाइनमा रहेर काम गर्ने पत्रकारहरुको पनि पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको पहलमा कोरोना भाइरसको जोखिमकाबीच नियमित रिपोर्टिङमा रहेका पत्रकारहरुको नमुना संकलन गरिएको हो ।

मंगलबार महासंघको कार्यालय परिसरमा १ सय ९० भन्दा बढी पत्रकारहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

प्रतिक्रिया