काठमाडौंमा दुई प्रहरीमा कोरोना संक्रमण

नेपालखोज २०७७ जेठ ७ गते ९:१२

काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड -१९) को संक्रमण देखिएको छ ।

स्रोतका अनुसार एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो । चार दिनअघि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयले  यसबारे प्रहरीलाई जानकारी गराइसकेको छ ।

प्रतिक्रिया