कालीमाटी वृत्तका सुरक्षाकर्मीमा कोरोना संक्रमण, पुरै वृत्त सिल
नेपालखोज
२०७७ जेठ ७ गते १०:१७
काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि प्रहरी वृत्त पूरै सिल गरिएको छ ।
कोरोना संक्रमण पुष्टी भएका सई र जवान पनि प्रहरी ब्यारेकमै बस्ने गरेका थिए । वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेकोले सबै प्रहरीको स्वाबको नमुना संकलन गर्ने तयारी गरिएको छ । साथै, उनीहरुको परिवारको सदस्यको पनि नमुना सङ्कलन गर्न लागिएको प्रहरीले जनाएको छ ।
वृत्तभित्र ट्राफिक प्रहरीको कार्यालय तथा महिला ब्यारेक समेत रहेको थियो । वृत्त पूरै सिल गरिएपछि हाललाई कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षाको जिम्मा काठमाडौँ परिसरले लिएको छ ।
उनीहरुमा मंगलबार बेलुका कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया