गुल्मीका संक्रमित युवक मृत्युको हल्ला गलत

नेपालखोज २०७७ जेठ ७ गते १३:२७

गुल्मी । कोरोना भाइरस संक्रमित गुल्मी मदान गाउँपालिका ६ का ४१ वर्षीय पुरुषको अवस्था गम्भीररहेको क्रिमसन अस्पतालले जनाएको छ । विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको उनको मृत्युको खबर भ्रामक र अतिरञ्जित भएको अस्पतालले केहीबेर अघि विज्ञप्ति प्रकाशित गरी स्पष्ट पारकोे छ ।

अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, केही सामाजिक सञ्जाल तथा मिडियाहरुमा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसुमदायमा अनावश्यक त्रासको वातावरण भएको यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सम्पूर्ण आमा, बाबा, दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दै निज बिरामी यस अस्पतालको आईसीयू कक्षमा भेन्टिलेटरको सहायतमा उपचार भइरहेको र निजको अवस्था गम्भीर रहेको जानकारी गराउँछौं।

प्रतिक्रिया