भारतबाट स्वदेश फर्कनेहरुको संख्या बढ्दै

नेपालखोज २०७७ जेठ ७ गते १७:१६

नवलपरासी। ‘लकडाउन’पछि भारतबाट पश्चिम नवलपरासीमा आउनेको संख्या १२ सय बढी पुगेको छ । जसमा ५०० बढी ‘क्वारेन्टाइन’मा बसेर घर गएका छन् ।

बुधबार बिहानसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ६७६ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

क्वारेन्टाइनमा बस्ने सबै भारतबाट आएका हुन् ।

सीमानाकाहरुबाट दैनिक ७० देखि १०० जनासम्म जिल्ला भित्रिने गरेको पालिकाहरुले जनाएका छन् ।

सातओटा स्थानीय तह रहेको नवलपरासीका चार गाउँपालिका भारतीय सीमासँग जोडिएका छन् ।

पछिल्लोपटक बुधबार सुस्ता गाउँपालिका–५ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । बेलावानी स्वास्थ्यचौकीको क्वारेन्टाइनमा बसेका उनी भारतको मुम्बईबाट आएका हुन् ।

प्रतिक्रिया